बालबालिकाको भविष्य बदल्न हामीलाई साथ दिनुहोस ।
Support OUR Campaign
Help us turn “Lack of Resources” into “Life Chances”.
Our Journey So Far At the Gurkha Peace Foundation, we believe that education is the most powerful tool for change. Thanks to the generosity of supporters like you, we have successfully provided computers, equipment, books, and stationery to over 25 underprivileged schools across Nepal.
The Urgent Need Despite our progress, our inbox is full. We continue to receive numerous urgent requests from schools in remote and disadvantaged areas, where a heartbreaking reality is that many students are eager to learn but lack the basic tools to do so.
They are facing severe shortages of:
- Technology: A critical lack of Internet, Computers & Printers, leaving children behind in the digital age.
- Clothing: A need for Uniforms and sportswear to give children a sense of dignity and belonging.
- Learning Tools: A scarcity of essential Educational Equipment, Books, and Stationery.
Why Your Donation Matters. This campaign is about more than just buying pencils or printers; it is about helping to form a child’s education and future for life.
Children from disadvantaged groups, studying in schools with poor infrastructure, face an uphill battle. By providing them with modern technology and proper resources, we change their environment. When you change a child’s environment, you change their life chances.
Join the Change for the Better We are asking for your help to answer these schools’ calls. Your contribution will directly fund the purchase and delivery of these essential items to the schools that need them most.
Together, let’s ensure that geography and poverty do not dictate a child’s future.
Gurkha Peace Foundation

बालबालिकाको भविष्य बदल्न हामीलाई साथ दिनुहोस ।
अहिलेसम्मको हाम्रो यात्रा
गोर्खा पिस फाउन्डेसन (Gurkha Peace Foundation) विश्वास गर्छ कि शिक्षा नै परिवर्तनको सबैभन्दा शक्तिशाली माध्यम हो। तपाईंहरुजस्ता सहयोगी दाताहरूको उदारताका कारण, हामीले नेपालभरमा २५ भन्दा बढी विपन्न विद्यालयहरूमा कम्प्युटर, उपकरण, पुस्तक र स्टेसनरीहरू सफलतापूर्वक उपलब्ध गराएका छौं।
तत्काल आवश्यकता
हामीलाइ नेपालका विभिन्न विध्यालयबाट अनुरोधको ओइरो लागेको छ। हामीले दुर्गम र पिछडिएका क्षेत्रका विद्यालयहरूबाट धेरै जरुरी सामग्रीहरुको अनुरोधहरू प्राप्त गरिरहेका छौं। नेपालको एउटा हृदयविदारक यथार्थ यो हो कि विद्यार्थीहरू शिक्षितहुन तथा ज्ञान प्राप्त गर्न आतुर छन् तर उनीहरूसँग आधारभूत साधनहरूको अभाव छ।
विशेषत विध्यार्थीहरुले निम्न कुराहरूको गम्भीर अभाव झेलिरहेका छन्:
- प्रविधि: इन्टरनेट, कम्प्युटर र प्रिन्टरहरूको चरम अभाव, जसले बालबालिकालाई डिजिटल युगमा पछाडि पारिरहेको छ।
- लत्ताकपडा: बालबालिकालाई आत्मसम्मान र अपनत्वको भावना दिन स्कुल पोसाक (युनिफर्म) र ट्र्याकसुटहरूको आवश्यकता।
- सिक्ने उपकरणहरू: अत्यावश्यक शैक्षिक सामग्री, पुस्तक र स्टेसनरीहरूको अभाव।
तपाईंको सहयोग किन महत्त्वपूर्ण छ?
यो अभियान पेन्सिल वा प्रिन्टर खरिद गर्नुमा मात्र सीमित छैन; यो बालबालिकाहरुको जीवनको दिशा बदल्ने र भविष्य सुनिश्चितताका बारेमा हो।
कमजोर पूर्वाधार भएका विद्यालयहरूमा पढ्ने विपन्न वर्गका बालबालिकाहरूले कठिन संघर्षको सामना गर्नुपरिरहेको छ। उनीहरूलाई आधुनिक प्रविधि र उचित स्रोतहरू उपलब्ध गराएर, हामी उनीहरूको वातावरण परिवर्तन गर्छौं। जब तपाईंले सहयोगका लागि हातहरु बढाउनुहुन्छ कहि कतै कुनै बालबालिकाको शिक्षाको वातावरण र भविष्यमा रुपान्तरण गर्न सहयोग पुर्याउनु हुन्छ । तपाईंले उनीहरूको जीवनका अवसरहरू उपलब्ध गराउनुहुन्छ।
सकारात्मक परिवर्तनमा सहभागी हुनुहोस्
हामी यी विद्यालयहरूको अनुरोध सुन्न तपाईंको सहयोगको अपेक्षा गर्दछौ । तपाईंको योगदानले यी अत्यावश्यक सामग्रीहरू खरिद गर्न र सबैभन्दा बढी आवश्यकता भएका विद्यालयहरूमा उपलब्ध गराउन प्रत्यक्ष मद्दत गर्नेछ।
आउनुहोस्, हामी मिलेर सुनिश्चित गरौं कि भूगोल र गरिबीले कुनै पनि बच्चाको भविष्यमा अन्धकार नल्याओस ।


One response to “Help us turn “Lack of Resources” into “Life Chances”.”
I have donated £ 100 for 10 pairs of tracksuits for needy school children back in Nepal 🙏 Hope It will help to keep their body warm in this freezing winter !